अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको अभिमतको सम्मान गरिनुपर्छ: अध्यक्ष ओली

जनताको अभिमतको सम्मान गरिनुपर्छ: अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गर्नुभयो । क्षेत्र ५ मा पर्ने कमल गाउँपालिकाको वडा ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उहाँ सिमावर्ती गौरीगञ्जसम्म पुग्नु भएको हो ।