अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाट निर्वाचित

एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाट निर्वाचित


बुटवल- रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।

मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी हुनु भएको हो।

निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गर्नुभएको छ । पौडेलको मतान्तर १ हजार ३ सय ६६ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८१ हजार २ सय २ मत खसेको थियो।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलको संसदीय यात्रा यो पाँचौंपटक हो। २०५१ सालमा पहिलोपटक पाल्पाबाट निर्वाचित पौडेल २०६४, २०७० र २०७४ सालमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो।