अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन मार्फत देशमा अस्थिरता भित्रियो : अध्यक्ष ओली

निर्वाचन मार्फत देशमा अस्थिरता भित्रियो : अध्यक्ष ओली


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचनले देशमा अस्थिरताको भित्र्याएको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ का जनतालाई धन्यवाद दिने क्रममा गौरादहमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै पनि दलको बहुमत नआउनु नै अस्थिरताको कारक भएको उल्लेख गर्नुभएको छ ।
‘यस निर्वाचन मार्फत हामीले देशमा स्थिरता र स्थायित्व खोजेका थियौं ’ अध्यक्ष ओलीले भन्नुभयो ‘ देशमा जहिले पनि सरकार परिवर्तन । जहिले पनि सरकार बन्न खोज्ने,हटाउन खोज्ने । सरकारमा अस्थिरता आउने यस्ता दिन आउने भए अब ।
अध्यक्ष ओलीले अब सरकार गठन गर्नै गाह्रो हुने परिस्थिती आएको बताउनुभयो । सरकार गठन भए पनि टिकाउन झनै मुस्किल पर्ने उहाँको भनाइ थियो । ‘सरकार नीतिहिन ढंगले चल्ने । विभिन्न ढंगले सरकार अस्थिर हुने । कुनै पनि पार्टीको बहुमत आएन । बहमुत आएन मात्र होइन सरकार गठन गर्नै गााह्रो छ ’ अध्यक्ष ओलीले भन्नुभयो ‘ सरकार गठन भए पनि टिक्न गाह्रो छ । ’
अध्यक्ष ओलीले अहिले संसदीय गणितले धेरै पार्टी मिलाएर सरकार बनाउनु पर्ने अवस्था सृजना भएको उल्लेख गर्नुभयो । ‘विभिन्न खालका व्यक्ति र पार्टी यसपाली संसदमा आएका छन् । तिनीहरुलाई कस्तो भाग दिने ? अध्यक्ष ओलीले भन्नुभयो ’ तिनीहरुका माग के हुन्छन् ?त्यसले गर्दा अस्थिरता आयो देशमा ।’
झापा जिल्लाले कति परिपक्वता देखायो ?यस क्षेत्रले जति अरु क्षेत्रले परिपक्वता देखाउन सकेनन् । जसले गर्दा देशमा अस्थिरताको स्थिती पैदा भयो । ‘एउटा दुईटा पार्टी मिलेर मात्र सरकार बन्ने अवस्था छैन । यस्तो अवस्थामा हामी सरकारमा जानै पर्छ ’ अध्यक्ष ओलीले भन्नुभयो ‘ हैन भने फेरी निर्वाचनमा जान्छ देश । ’