अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुजाता कोइरालालाई हराँउदै एमालेका ऋषी पोखरेल विजयी

सुजाता कोइरालालाई हराँउदै एमालेका ऋषी पोखरेल विजयी


विराटनगर -मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएको छ । नेपाली कांग्रेसकी सुजता कोइरालालाई १२०८ मतको अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

पोखरेल ३३१४८ मत ल्याइ विजयी हुनु भएको छ । पराजित भएकी कोइरालाले ३१९४० मत ल्याउनुभएको छ ।

कोइराला नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाको छोरी हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित हुनु भएको थियो ।