काठमाडौं – समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेका छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले १७ लाख भन्दा बढी मत पाएर अग्रता कायमै राखेको हो । निर्वाचन आयोगले शनिबार बिहान ७.३३ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ३७ हजार १ सय ३७ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले १६ लाख ७३ हजार ४सय ९१ मत प्राप्त गरेको छ । आयोगको विवरण अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थान कायमै राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ५८ हजार ६ सय १७ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ लाख ३७ हजार ३ सय ४ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले ३ लाख ८८ हजार ७ सय ८५ पाएर पाँचौ स्थानमा छ । जनता समाजवादी पार्टी ९जसपा० ले २ लाख ७२ हजार ७५ मत पाएको छ ।
नेकपा एकीकृत समाजवादीले १ लाख ५२ हजार ५ सय ३९ र नागरिक उन्मुक्ति पार्टीले १ लाख लाख ३७ हजार ५ सय १७ मत पाएका छन् ।






प्रतिक्रिया