अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-३ (२) मा एमालेका चौधरी विजयी

रुपन्देही-३ (२) मा एमालेका चौधरी विजयी


रुपन्देही – रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिनुभयो ।

एमालेका उम्मेदवार चौधरीले १६ हजार ३९४ मत प्राप्त गर्नुभयो भने कांग्रेसका ढकालले १६ हजार १९३ मत ल्याउनुभयो । रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा भने मतगणना जारी छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र गृहमन्त्री बालकृष्ण खाण बिच प्रतिस्पर्धा छ ।