अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहाका चारै निर्वाचन क्षेत्रमा एमाले विजय, प्रदेशसभामा मिश्रित परिणाम

सिरहाका चारै निर्वाचन क्षेत्रमा एमाले विजय, प्रदेशसभामा मिश्रित परिणाम


सिरहा – सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले  र जसपाका उम्मेदवारहरु  निर्वाचित  भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन् । 

सिराहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र-२ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र-३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ भन्ने  ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ ।

प्रदेशसभामा मिश्रित परिणाम

प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले-जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दलले उम्मेदवारी दिए पनि एमाले गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

सिरहा १ (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारुले विजय हुनुभएको छ । यसैगरी, प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता विजय हुनुभयो ।

क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादब र निर्वाचन क्षेत्र-२ ‘ख’मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह विजय हुनुभएको छ । 

सिरहा ३ ‘क’ मा एमालेका मनोज सिंह विजयी हुनुभयो भने (ख) मा बाम-लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादबले निर्वाचित हुनुभएको छ । 

सिरहा ४ ९क० मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित हुनुभएको छ । ‘ख’मा सात्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका राम बाबु यादव निर्वाचित हुनुभएको छ ।

सिराहाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगनणा सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाउनुभएको छ । जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र २ अन्य  मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता छन् ।