अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?


काठमाडौं – नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाएको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १९ लाख ३९ हजार १०४, नेकपा माओवादी केन्द्रको ८ लाख ६२ हजार ६६९, राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५, राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ लाख ४१ हजार ९६९ मत आएको छ ।

त्यस्तै जनता समाजवादी पार्टीले २ लाख ३८ हजार ८८७ र नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार १०८ मत पाएका छन् ।