अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित


सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार भीमप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका सीताराम महतोलाई पछि पार्दै आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

आचार्य ३२ हजार ८ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी महतोले २६ हजार ५८ मत पाउनु भएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३८६ मत पाउनु भएको छ ।

समानुपातिकमा समेत प्रत्यक्षतर्फको मत हुने आशंकाले आधिकारिक रूपमा भने आयोगले सार्वजनिक गरेको छैन ।