अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन: गठबन्धनले समानुपातिक मत तलमाथि गर्न सक्छन् सजग रहनू

कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन: गठबन्धनले समानुपातिक मत तलमाथि गर्न सक्छन् सजग रहनू


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत नकट्ने भएकाले गठबन्धनकै अर्को दलमा जोड्ने जस्ता गलत कार्य हुनसक्ने भन्दै पार्टी पङ्क्तिलाई सजग रहन निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्नुहुँदै जिल्लामा मतगणनामा रहेकाहरूलाई सचेत बन्न र मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको मेसेज बक्समा पठाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले यस्तो बताउनु भएको हो । ‘सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ ओलीले भन्नुभएको छ, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’