सुनसरी – सुनसरी क्षेत्र-२ (२) बाट नेकपा एमालेका रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
मेहताले १७ हजार ९७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गर्नुभएको थियो । यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गर्नुभएको छ






प्रतिक्रिया