इलाम – इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनु भएको छ । उहाँले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्नुभयो । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाउनु भएको छ । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनु भएको थियो । उहाँ ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहनु भएको छ ।






प्रतिक्रिया