काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको हो।
प्रतिनिधिसभातर्फ १५६ सिटको परिणाम आइसक्दा हालसम्म नेकपा एमालेले ४१ स्थानमा जित निकालेको छ भने २ स्थानमा अग्रता कायम गरिरहेको छ।
सत्तारुढ दल नेपाली कांग्रेसपछि दोस्रो स्थानमा रहेको एमालेले अग्रता लिएका दुई स्थानमा पनि जित पक्का जस्तै छ। हालसम्म प्राप्त परिणामअनुसार एमालेका १८ जना उम्मेदवारहरू ३० हजारभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ ।
यसपटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको छ । झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले ५२३१९ मत ल्याउनु भएको छ ।
यसैगरी, दोस्रो स्थानमा एमाले नेता गोकुल बाँस्कोटा रहेका छन्। काभ्रे-२ बाट उम्मेदवार रहेका बास्कोटाले ४५ हजार ३ ४५ मत पाउनु भएको छ । यसैगरी, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत, प्यूठान १ बाट सूर्य थापाले ४१ हजार ११८ मत पाउनु भएको छ ।
बारा-१ बाट अच्युत प्रसाद मैनाली ३९ हजार ९९५ मत, रुपन्देही ५ बाट बासु देव घिमिरेले ३६ हजार ८२२ मत, कपिलवस्तु १ बाट बलराम अधिकारीले ३६ हजार ६७५ मत ल्याएर विजयी हुनु भएकाे हो ।
लमजुङ-१ बाट पृथ्वीसुव्वा गुरुङले ३४ हजार ९६९ मत, मकवानपुर २ बाट महेश कुमार बर्तौला ३४ हजार ९१६ मत, बैतडी १ बाट दामोदर भण्डारी ३३ हजार ६११ मत, धनुषा-३ बाट जुली कुमारी महतो (महासेठ) ३३ हजार ३५५ मत, मोरङ-२ बाट ऋषिकेश पोखरेलले ३३ हजार १४८ मत, सर्लाही-३ बाट हरि प्रसाद उप्रेती ३२ हजार ९३८ मत, पाँचथर १ बाट वसन्त कुमार नेम्वाङ्ग ३२ हजार ११० मत, भीमप्रसाद आचार्य, सुनसरी-२ बाट ३२ हजार ८ मत, पाल्पा-१ बाट नारायण प्रसाद आचार्य ३१ हजार १०३ मत, धनकुटा-१ बाट राजेन्द्र कुमार राईले ३० हजार १०१, सुवासचन्द्र नेम्वाङ इलाम-२ मा (३००२०) मत ल्याउनु भएको छ ।
एमालेका यी हुन् ४१ विजयी उम्मेदवार
१. केपी शर्मा ओली, झापा–५ (५२३१९)
२. गोकुलप्रसाद वाँस्कोटा, काभ्रे–२ (४५३४५)
३. सूर्यबहादुर थापा क्षेत्री, प्यूठान १ (४१११८)
४. हरि प्रसाद उप्रेती सर्लाही – ३ (३२९३८)
५. पृथ्वीसुव्वा गुरुङ, लमजुङ–१ (३४९६९)
६. दामोदर भण्डारी, बैतडी,–१ (३३६११)
७. वसन्त कुमार नेम्वाङ्ग, पाँचथर – १ (३२११०)
८. सुर्यप्रसाद ढकाल, बाँके–१ (२५०२६)
९. भीमप्रसाद आचार्य, सुनसरी–२ (३२००८)
१०. सुवासचन्द्र नेम्वाङ, इलाम–२ मा (३००२०)
११.बलराम अधिकारी, कपिलवस्तु–१ (३६६७५)
१२. नारायण प्रसाद आचार्य, पाल्पा–१ (३११०३)
१३.ऋषिकेश पोखरेल, मोरङ–२ (३३१४८)
१४.महेश कुमार वर्तौला, मकवानपुर–२ (३४९१६)
१५. टोपबहादुर रायमाझी, अर्घाखाँची–१ (४२६७५)
१६.राजेन्द्र कुमार राई, धनकुटा–१ (३०१०१)
१७. बासु देव घिमिरे, रुपन्देही–५ (३६८२२)
१८. जुली कुमारी महतो (महासेठ), धनुषा–३ (३३३५५)
१९.अच्युत प्रसाद मैनाली, बारा–१ (३९९९५)
२०.लाल प्रसाद साँवा लिम्बू, झापा–४ (२९३१५)
२१. मन बहादुर गुरुङ्ग, कास्की–१ (२५७०८)
२२.अम्वर बहादुर रायामाझी, उदयपुर–२ (१५२५१)
२३. ज्वाला कुमारी साह, बारा–३ (२०२५१)
२४.विद्या भट्टराई, कास्की–२ (१६९९८)
२५.मानवीर राई, सोलुखुम्बु–१ (१९३२४)
२६. दामोदर पौडेल वैरागी, कास्की–३ (२२९८०)
२७.छविलाल विश्वकर्मा, रुपन्देही–१ (२४८७२)
२८. प्रेम बहादुर महर्जन, ललितपुर–२ (१५०२५)
२९. ठाकुर प्रसाद गैरे, पाल्पा – २ (२७८१७)
३०.कृष्ण गोपाल श्रेष्ठ, काठमाडौं–९ (११९५६)
३१. राज कुमार गुप्ता, पर्सा–३ (२४२६०)
३२. मंगल प्रसाद गुप्ता, कपिलवस्तु–३ (२२६१९)
३३. राम शंकर यादव, सिरहा–१ (२९४६२)
३४.लिलानाथ श्रेष्ठ, सिरहा –३ (२८०६४)
३५. योगेशकुमार भट्टराई, ताप्लेजुङ–१(२१९४३)
३६.पदम गिरी, पर्वत–१ (२९८७२)
३७. विष्णुप्रसाद पौडेल, रुपन्देही –२ (२७१४८)
३८. देवराज घिमिरे, झापा–२ (२८६९७)
३९.तारा लामा तामाङ, कञ्चनपुर–१ (२४८९२)
४०.गोकर्ण विष्ट, गुल्मी–२ (२८४७६)
४१. लझ्मी महतो कोइरी, महोत्तरी –१ (२३४०२)






प्रतिक्रिया