अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा एमाले पहिलो

मकवानपुरमा एमाले पहिलो


मकवानपुर-मकवानपुरमा समानुपातिकमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै एमाले जिल्लाको ठूलो दल बनेको हो ।

एमालेले प्रत्यक्षतर्फ प्रतिनिधिसभा १ र प्रदेशसभा १ सिट जितेको छ भने समानुपातिकमा ५० हजार मत कटाएको छ । मतपरिणाममा एमालेले जिल्लाभरबाट ५० हजार ८०७ मत ल्याएको हो ।

२०४६ सालको बहुदलपछि मकवानपुरमा एमाले निरन्तर ठूलो पार्टीका रुपमा रहँदै आएको छ । देशका ठूला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच गठबन्धन हुँदा पनि एमालेले ठूलो दल हो ।

प्रत्यक्षतर्फ कांग्रेसले प्रदेशसभामा १ सिट, माओवादीले प्रदेशसभामा २ सिट र राप्रपाले प्रतिनिधिसभामा १ सिट जितेका छन् । समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। कांग्रेसले ३६ हजार २६४ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ दुईजना प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार उठाए पनि जित निकाल्न सकेको थिएन ।

पाँच महिनाअघि मात्रै जन्मिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कारण शान्ति सम्झौताबाट मूलधारको राजनीतिमा आएको नेकपा माओवादी केन्द्र चौथो स्थानमा खुम्चिएको छ । माओवादी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो । २०७४ को निर्वाचनमा माओवादी जिल्लाको तेस्रो ठूलो दल थियो ।

मकवानपुर-मकवानपुरमा समानुपातिकमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै एमाले जिल्लाको ठूलो दल बनेको हो ।

एमालेले प्रत्यक्षतर्फ प्रतिनिधिसभा १ र प्रदेशसभा १ सिट जितेको छ भने समानुपातिकमा ५० हजार मत कटाएको छ । मतपरिणाममा एमालेले जिल्लाभरबाट ५० हजार ८०७ मत ल्याएको हो ।

२०४६ सालको बहुदलपछि मकवानपुरमा एमाले निरन्तर ठूलो पार्टीका रुपमा रहँदै आएको छ । देशका ठूला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच गठबन्धन हुँदा पनि एमाले ठूलो दल बनेको हो ।

प्रत्यक्षतर्फ कांग्रेसले प्रदेशसभामा १ सिट, माओवादीले प्रदेशसभामा २ सिट र राप्रपाले प्रतिनिधिसभामा १ सिट जितेका छन् । समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। कांग्रेसले ३६ हजार २६४ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ दुईजना प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार उठाए पनि जित निकाल्न सकेको थिएन ।

पाँच महिनाअघि मात्रै जन्मिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कारण शान्ति सम्झौताबाट मूलधारको राजनीतिमा आएको नेकपा माओवादी केन्द्र चौथो स्थानमा खुम्चिएको छ । माओवादी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो । २०७४ को निर्वाचनमा माओवादी जिल्लाको तेस्रो ठूलो दल थियो ।

जिल्लाभर १ लाख ७८ हजार १३८ मत खसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ८८९ मत ल्याउन सफल भएको छ। माओवादी केन्द्रले २६ हजार १३३ ल्याउँदा जिल्लाको पाँचौ ठूलो दल बनेको राप्रपाले १६ हजार ७७१ मत ल्याएको छ ।

राप्रपाले समानुपातिकमा ल्याएको भन्दा बढी मत प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार रहेका दीपक सिंहले ल्याउनु भएको थियो। एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले जम्मा ३ हजार ८२७ मत समानुपातिकमा ल्याएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले जम्मा ५३६ मत ल्याएको छ ।