इलाम – नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी हुनुभएको छ । इलाम–१ बाट खनाल २ हजार ९५७ मतान्तरले नेकपा एमालेका उम्मेदवार बस्नेतसँग पराजित हुनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार एमाले उम्मेदवार बस्नेतले २४ हजार ३०४ मत ल्याउनु भएको छ भने खनालले २१ हजार ८०२ मत ल्याउनु भएको हो ।

आफू पछि परेपछि खनालले त्यहाँ पुन: गणना गर्नुपर्ने माग गर्नुभएको थियो । तर निर्वाचन आयोगले त्यसलाई स्वीकार गरेन।
खनालले यो क्षेत्रबाट २०५६ बाहेक सवै निर्वाचन जित्दै आउनु भएको थियो । तर यसपटक पहिले जित्दै आउनु भएका एमालेकै उम्मेदवारसँग पराजित हुनुभएको छ । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।






प्रतिक्रिया