अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुथ कब्जा गरिएका दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान गर्न सिफारिस

बुथ कब्जा गरिएका दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान गर्न सिफारिस


काठमाडौं -दोलखाका ७ वटा मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ।
यसबारे आयोगले आजै निर्णय गर्न अहिले बैठक बसिरहेको छ।
आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाइएको प्रतिवेदनमा ७ वटै केन्द्रमा पुनः मतगणना गर्नुपर्ने उल्लेख गरिएको छ।

४ मंसिरको चुनावमा वैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका ७ वटा मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो।
निर्वाचन आयोगको सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानविन गरेको थियो।

आयोगको छानविनमा दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको भन्दै पुनः मतदान गर्न सिफारिस गरिएको थियो।

‘अहिले हामी प्रतिवेदनमाथि छलफल गरिरहेका छौँ, आजै एउटा निर्णय गर्छौँ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो।

खासगरी नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वमा दोलखाका १० ठाउँमा बुथ कब्जा भएको भन्दै निवेदन दिएको छ।

मंसिर ४ मै कांग्रेसका प्रदेशसभा उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा बुथ कब्जा भएको भन्दै एमालेले आयोगमा निवेदन दिएको थियो।