अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिके राउतको जनमत पार्टीले जित्यो माधव नेपालको नेकपा एसलाई

सिके राउतको जनमत पार्टीले जित्यो माधव नेपालको नेकपा एसलाई


काठमाडौं -समानुपातिक मतमा ,नेकपा एसलाई सीके राउतको जनमत पार्टीले पछि पारेको छ ।
९० लाख मत गनिसक्दा नेकपा एसले २ लाख ४१ हजार १६ मत पाउँदा जनमत पार्टीले २ लाख ४२ हजार ८१९ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार एमालेले २४ लाख ५९ हजार १८८ मत प्राप्त गरेको छ भने काँग्रेसले २३ लाख ४१ हजार ९१५ मत प्राप्त गरेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले १० लाख २९ हजार २८७ मत प्राप्त गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १३ हजार २६४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३३ हजार ६४२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपालले भने ३ लाख ८ हजार ६७० मत प्राप्त गरेको छ ।