अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सहयोगले अशोक राई सुनसरी १ बाट निर्वाचित

एमालेको सहयोगले अशोक राई सुनसरी १ बाट निर्वाचित


काठमाडौं -जनता समाजवादी पार्टीका नेता अशोक राईले एमालेको साथ पाएर सुनसरी १ बाट विजयी हुनु भएको छ । राईले १७०५१ मत ल्याएर राई विजयी हुनु भएको हो ।
राईका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मत ल्याउनु भएको छ । राईले ४ सय ५० मतको अन्तरले चुनाव जित्नु भएको हो ।
१० वर्ष अघि एमाले छोडेका राई २८ वर्षपछि एमालेकै साथले चुनावमा विजयी हुनु भएको हो ।

२०४८ सालको निर्वाचनमा राई खोटाङबाट निर्वाचित हुनु भएको थियो । एमाले छोडेर माले र जनता समाजवादीमा हुँदा राईलाई जनताले कहिल्यै अनुमोदन गरेनन् ।