अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा एमालेले २५ लाख मत कटाएर अग्रता कायमै, काँग्रेस दोस्रो, तेस्रोमा स्वतन्त्र पार्टी

समानुपातिकमा एमालेले २५ लाख मत कटाएर अग्रता कायमै, काँग्रेस दोस्रो, तेस्रोमा स्वतन्त्र पार्टी


काठमाडौं -समानुपातिकको जारी मत गणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेले २५ लाख १९ हजार ३ सय १६ मत ल्याँउदा काँग्रेसले २३ लाख ८७ हजार ३ सय १९ मत ल्याएको छ । एमाले काँग्रेस भन्दा १ लाख ३१ हजार ९ सय १७ मतले अगाडी छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच तेस्रोका लागि प्रतिस्पर्धा जारी छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ५९ हजार ३२२ मत प्राप्त गर्दा माओवादी १० लाख ५२ हजार ७८८ मत ल्याएर पछ्याइरहेको छ । यी दुईबीचको मतान्तर करिब ७ हजारको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार २५० मतका साथ पाँचौं र ३ लाख १९ हजार ४१९ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।
सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार १७ ल्याउँदा नेकपा एसले २ लाख ४८ हजार ८४९ मत पाएर सातौं स्थानमा छ ।