अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको नेतृत्वमा सरकार बनाउन अधिकत्तम प्रयास गर्छौं : विष्णु पौडेल

केपी ओलीको नेतृत्वमा सरकार बनाउन अधिकत्तम प्रयास गर्छौं : विष्णु पौडेल


बुटवल -नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम पहल गर्ने बताउनुभएको छ । उहाँले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि दलको बहुमत नआएकाले बहुमत पुर्याएर ओलीलाई प्रधानमन्त्री बनाउन लागिपर्ने बताउनुभयो ।

सोमबार बिहान प्रेस चौतारी नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्यमा रुपन्देही २ बाट निर्वाचित पौडेलले भन्नुभयो निर्वाचनमा एजेन्डा र राष्ट्रहीत सबै हिसाबले एमालेको बहुमत आउनुपर्ने हो आएन । तर हामीले ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास भने गर्छौ ।

पौडेलले यो निर्वाचनमा कुनै न कुनै दलको बहुमत आउनुपर्नेमा कसैको पनि बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभयो । पौडेलले नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने दाबी गर्नुभयो । एमालेको बहुमत नआए पनि अरुको आउनुपर्थ्यो ( कसैको आएन, म फेरि पनि भन्छु यो दुर्भाग्यपूर्ण हो।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे । ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ पौडेलले भने, ‘हामी जनादेशको सम्मान गर्छौं, बहुमत नआए पनि एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ, एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन ।’

पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताए । सबैको रायसुझाव लिएर रुपन्देहीको विकासमा लाग्ने उनले जनाए ।

पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता पनि गरे । पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको दावी गरे ।