काठमाडौं – निर्वाचनमा लज्जास्पद हारेपछि त्यसको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित हुनु भएको थियो । क्षेत्र नं। ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित हुनुभयो ।
यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि पराजित हुनुभयो । उनीहरुको हारको नैतिक जिम्मेवारी लिंदै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको स्रोतले बतायो ।
कट्टेल स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवार हुनुहुन्थ्यो । तर उनी एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठसँग पराजित हुनुभएको थियो ।






प्रतिक्रिया