दाङ – यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ ।
तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो ।
जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ मत बदर भएको छ। साथै, प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसारसमानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् ।
उहाँले प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताउनुभयो । बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उहाँले जानकारी दिनुभयो ।
दाङ जिल्ला क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता रहेकोमा ७८ हजार दुई सय ६७ मत खसेको थियो । जसमा चार हजार पाँच सय ८० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार दुई सय ६७ मतदाता रहेकोमा ३९ हजार आठ सय ४४ मत खसेको थियो । जसमा दुई हजार चार सय १० मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार चार सय ६६ मतदाता रहेकोमा ३८ हजार चार सय ५४ मत खसेको थियो जसमा एक हजार सात सय ६३ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकोमा ७९ हजार तीन सय ३७ मत खसेको थियो । जसमा चार हजार सात सय छ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार तीन सय २२ मतदाता रहेकोमा ३६ हजार नौ सय ९३ मत खसेको थियो । जसमा एक हजार चार सय ८५ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७० हजार चार सय २६ मतदाता रहेकोमा ४२ हजार एक सय ५२ मत खसेको थियो । जसमा दुई हजार ३९ मत बदर भएको थियो ।
निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार पाँच सय ३५ मत खसेको थियो । जसमध्ये पाँच हजार चार सय २३ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार चार सय ७४ मत खसेको थियो । जसमा एक हजार सात सय ७८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ३३ मत खसेको थियो । जसमा दुई हजार दुई सय ५८ मत बदर भएको थियो ।






प्रतिक्रिया