अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसलाई थ्रेसहोल्ड कटाउन कठिन

नेकपा एसलाई थ्रेसहोल्ड कटाउन कठिन


काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध माधव कुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समानुपातिकतर्फ थ्रेसहोल्ड ३ लाख २० हजार मत कटाउन कठिन देखिएको छ। किनकि समानुपातिक मत गणना अन्तिम चरणमा पुगिसक्दा पनि सो पार्टीले मत संख्या ३ लाख पनि पुर्‍याउन सकेको छैन। अहिलेसम्मको हिसाबअनुसार थ्रेसहोल्ड पार गर्न ३ लाख २० हजार माथि मत ल्याउनुपर्ने देखिएको छ।

तीन लाख २० हजारबाट एकीकृत समाजवादीले पाएको मत २ लाख ५३ हजार ९९ घटाउँदा ६६ हजार ९०१ हुन्छ। अर्थात् उसले अझै ६६ हजारभन्दा माथि मत ल्याउनुपर्ने देखिन्छ। 

नेकपा एसलाई थ्रेसहोल्ड कटाउन कठिन

समानुपातिक मत ९३ लाख २८ हजार १५६ गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यसमा ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। अब यसबाट अहिलेसम्म गनिएको समानुपातिक मत ९३ लाख २८ हजार १५६ घटाउँदा १३ लाख ४१ हजार ८४४ बाँकी बस्छ। अर्थात् अब गन्न बाँकी मत यही संख्या आसपास छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले भाग लिएका छन्। गन्न बाँकी मत पनि सबैमा धेरथोर बाँडिनेछ। त्यसमा पनि एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्रलाई बढी मत गइरहेको अवस्था छ। यो परिस्थितिमा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन निकै कठिन देखिन्छ।