धनुषा – धनुषा–४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी हुनुभएको छ।
नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।
महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाउनु भएको छ ।
यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाउनु भएको थियो ।






प्रतिक्रिया