काठमाडौं -धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनो मतले हराउँदै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी हुनु भएको छ ।
एमालेका रघुवीर महासेठ ३२ हजार २३६ पाएर विजयी भएका हुनु भयो भने कांग्रेसका सह–महामन्त्री यादवले ३२हजार ११२ मत पाएर पराजित हुनुभयो । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।
दुई हेभीवेटबीच यहाँ कडा टक्कर चलेको थियो । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठलाई अन्तिममा गणना गरिएको मिथिला नगरपालिका वडा नम्बर ११ को भोटले बलियो साथ दियो ।
७४ मा पनि यादवलाई महासेठले पराजित गर्नु भएको थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।
तर, यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए । मधेसका अधिकांश क्षेत्रमा एमाले( जसपाको तालमेल हुँदा पनि यहाँ एमाले एक्लै चुनाव लडेको थियो ।






प्रतिक्रिया