अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमाले समानुपातिकमा पहिलो दल

कर्णालीमा एमाले समानुपातिकमा पहिलो दल


सुर्खेत – कर्णाली प्रदेशको समानुपातिकतर्फको अन्तिम मत मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमाले पहिलो दल बनेको छ।

कूल खसेको ६ लाख २० हजार ९२३ मतमध्ये ५ लाख ७४ हजार ६६ मत सदर भएको छ। जम्मा सदर मत मध्ये नेकपा एमाले १ लाख ८३ हजार ९५० मत प्राप्त गरी पहिलो दल बन्दा नेपाली कांग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गर्दै दोस्रो दल बनेको छ।

नेकपा माओवादीले १ एक ३७ हजार ६२९ मत प्राप्त गरी तेस्रो दल बनेको छ। यस्तै, एकीकृत समाजवादी ३५ हजार ८ सय २६ र राप्रपाले २५ हजार १ सय ८६ मत प्राप्त गरेका छन्।

यो मत परिणाम अनुसार समानुपातिकतर्फका १६ सिटमा एमाले ५, कांग्रेस ५, माओवादी ४,  समाजवादी १ र राप्रपाले १ सिट पाउने देखिन्छ।