अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को समानुपातिकमा राप्रपा तेस्रो,माओवादी चौथो

प्रदेश १ को समानुपातिकमा राप्रपा तेस्रो,माओवादी चौथो


विराटनगर -जारी मत गणनाको समानुपातिक मत अनुसार प्रदेश १ मा राप्रपा भन्दा माओवादी आकार सानो देखिएको छ ।
समानुपातिकमा भने माओवादी राप्रपा भन्दा धेरै मतले पछाडी छ ।
समानुपातिकतर्फ अहिलेसम्म गणना भएको सदर मत १७ लाख १० हजार ९९७ मतमध्ये राप्रपाले १ लाख ८२ हजार ८सय९८, माओवादीले १ लाख ६७ हजार २सय ६ मत ल्याएका छन् । माओवादी भन्दा राप्रपा १५ हजार ६ सय ९२ मतले पछाडी छ । प्रदेश नं १ को समानुपातिकमा सबभन्दा ठूलो दल एमाले नै हुने भएको छ । मत गणनाको पछिल्लो विवरण अनुसार एमालेले सबैभन्दा धेरै ५ लाख ९८ हजार १ सय ८०, कांग्रेसले ५ लाख १ हजार ७ सय ३ मत ल्याएका छन् । यस्तै जसपाले ५५ हजार २ सय ७६ र नेकपा एकीकृत समाजवादीले ५० हजार ८सय ४९ मत पाएका छन्।