काठमाडौं- उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा २ अन्तर्गतका हुन् ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको हो ।
सुबेदीका अनुसार मंसिर १० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर क, जनता मावि, देउरी क, जनता मावि, देउरी ख, जनता मावि, देउरी ग, अम्वेवर मावि, राजावास क, बालमन्दिर मावि, बोक्से ख, मावि चिलाउने खसमेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर हुनेछन् ।
निर्वाचन आयोगले मंसिर ५ गते गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्था बमोजिम आफूले बदर हुने निर्णय लिएको सुवेदीको भनाइ छ ।
मतगणनाको क्रममा प्रतिनिधि सभा तर्फको प्रत्यक्षतर्फको मतपेटिकाभित्र प्रदेश सभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो । अहिले पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उदयपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ ।






प्रतिक्रिया