अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको समानुपातिक मत २६ लाख नाघ्यो

एमालेको समानुपातिक मत २६ लाख नाघ्यो


काठमाडौं – प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा पहिलो स्थानमा रहेको नेकपा एमालेले प्राप्त गरेको मतको संख्या २६ लाख नाघेको छ।

आज बिहान ११:३४ बजेसम्मको तथ्यांकअनुसार एमालेले २६ लाख ७ हजार ४७२ समानुपातिक मत ल्याएको हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत पाएको निर्वाचन आयोगले जानकारी दिएको छ।

समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ९ हजार ७७९ मत ल्याएको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत पाएको आयोगको तथ्यांकमा छ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७५७ मत ल्याएको छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ मत पाएको छ। योसँगै उल्लिखित ६ दल राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ।

जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी थ्रेसहोल्ड पार गर्ने संघर्षमा छन्। जनमत पार्टीले ३ लाख १६ हजार ६५३ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ।