धनुषा – धनुषा निर्वाचन क्षेत्र-४ (२) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ ।
नेकपा समाजवादीका शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो। विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आउनुभएका सत्रुधन यसपटक भने पराजित हुनुभएको छ ।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो। मतगणनाको सुरु देखि नै अग्रता बनाउनुभएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी हुनुभएको हो ।






प्रतिक्रिया