काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुन: निर्वाचित हुनुभएकोमा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको छ ।
पार्टी कार्यालय ललितपुरको च्यासलसमा मंगलबार एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो।
कार्यक्रमका उद्घोषकले तिमल्सिना ज्योषित पण्डित भएको र १० महाविद्याका साधक भएको परिचय खुलाउनु भएको थियो । कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा. भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित थियो ।
मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए ।
अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँले ५७ हजार १ ३१ मत ल्याउँदै विजयी भएका हुन्। उहाँका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २५७ मत ल्याउनु भएको थियो ।










प्रतिक्रिया