अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन निर्वाचन जस्तै भएन : अध्यक्ष ओली

निर्वाचन निर्वाचन जस्तै भएन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले भएको निर्वाचन निर्वाचन जस्तो नै नभएको टिप्पणी गर्नुभएको छ ।

पार्टी कार्यालय च्यासल ललितपुरमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनुपर्ने बताउँदै भयमुक्त रूपमा जनताले अभिमत प्रकट गर्न नपाएको बताउनु भयो ।

बुथ कब्जा गरेको, गोली चलेको र मान्छे मारिएको बताउँदै आतङ्कको अवस्था सिर्जना गरेर बुथ कब्जा गरिएको बताउनु भयो । राज्यको काम जनताको जिउ धनको सुरक्षा गर्ने रहेको बताउँदै ओलीले राज्य लुटेराको रूपमा प्रस्तुत भएको दाबी गर्नुभयो ।