अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो: अध्यक्ष ओली

चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उहाँले यस्तो बताउनुभएको हो । एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उहाँको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उहाँले बताउनुभयो । उहाँले बाजुरा र दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताउनुभयो।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नुस् भन्दै शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय  निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१० सिटको फरक पर्ने देखिएको छ ।