अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको पुनः मतदानमा तीन गुणा बढी सुरक्षाकर्मी परिचाल

दोलखाको पुनः मतदानमा तीन गुणा बढी सुरक्षाकर्मी परिचाल


दोलखा – दोलखामा बिहीबार हुने पुन: निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा बनाइएको हो ।

दोलखामा मंसिर ४ गते बुथ कब्जा भएका वैतेश्वर र तामाकोसीका चार मतदान केन्द्रका १० वटा बुथमा हुन गइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाइएको र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरिने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

प्रजिअ खतिवडाका अनुसार पुन: निर्वाचनमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिनेछ भने निर्वाचन हुने क्षेत्र पुरै सिल गरिनेछ।

दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा बिहीबार पुन:मतदान हुन लागेको हो ।