अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सरकार नबनाओस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा छन् : अध्यक्ष ओली

एमालेले सरकार नबनाओस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा छन् : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा गरिरहेको बताउनु भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमाले केही भएरै शक्ति केन्द्रहरूसमेत रोक्नलाई दौडधुप सुरु गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा छन्।’

उहाँले गठबन्धन सरकारले निर्वाचनमा धाँधली गर्दा पनि एमालेले राम्रो नतिजा ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मतगणना भइरहेका ठाउँमा पनि एमालेले अग्रता लिएका कारण मतगना रोकेको हो। अहिले रोकिएका ६ क्षेत्र हाम्रै हो। हाम्रा उम्मेदवारले जित्ने भएपिछ धाँधली सुरु गरिएको हो। गठबन्धन सरकारले धाँधली नगरेको भए झन् हामीलाई कसैले रोक्न सक्ने थिएन ।’

अध्यक्ष ओलीले घेराबन्दीमा पर्दासमेत एमाले सर्वाधिक लोकप्रिय बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनमतबाट स्थापित भयो। देशभित्रको गठबन्धन र अनेक प्रकारका शक्ति नलागेको भए झन् के हुन्थ्यो ?’