अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशसभामा एमालेबाट दाजु भाइ नै विजयी

लुम्बिनी प्रदेशसभामा एमालेबाट दाजु भाइ नै विजयी


काठमाडौं -एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

पाल्पा निर्वाचन क्षेत्र नं १ १ को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ भाइ र रुपन्देही निर्वाचन क्षेत्र नं २ ९२० बाट भोजप्रसाद श्रेष्ठ ९दाजु० निर्वाचित भएका छन् । भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिमा हुनुहुन्थ्यो भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यसपटक प्रदेशसभा सदस्यमा विजयी हुनु भएको हो ।

राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार ६४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य हुनुभयो ।

भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्री हुनुभयो । भोजप्रसाद १६ हजार ३०० मतसहित विजयी हुनु भएको छ ।