काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान साढे ८ बजेसम्म आयोगको वेबसाइटमा राखिएको तथ्याकंअनुसार १ करोड बढी मत गणना सम्पन्न भइसकेको छ।
हालसम्म १ करोड ८ हजार ३ सय २ मतगणना भएको आयोगले जनाएको छ।
समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेको छ। तेस्रोमा नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत पाएको छ।
माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत ल्याएको छ।






प्रतिक्रिया