अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुनः मतदानको माग गर्दै बाजुरामा एमालेले सुरु गर्‍यो रिले अनशन

पुनः मतदानको माग गर्दै बाजुरामा एमालेले सुरु गर्‍यो रिले अनशन


बाजुरा – नेकपा एमाले बाजुराले पुनः मतदानको माग राख्दै रिले अनशन सुरु गरेको छ। मार्तडीको खुला मञ्जमा एमालेले चारवटा माग राख्दै अनशन सुरु गरेको हो।

विद्यार्थी नेता चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने, कब्जा गरिएका बूथमा पुन: मतदान गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्न र पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहाइ गर्न माग गर्दै अनशन थालिएको हो।

बाजुरामा कांग्रेसले बूथ कब्जा गरेको एमालेको आरोप छ। सोही विवादका कारण मतगणना सुरु हुन सकेको छैन। मंसिर ४ गते भएको झडपमा प्रहरीको गोली लागेर सन्दीय अयडीको मृत्यु भएको थियो। त्यसकै भोलिपल्ट कांग्रेसका नेता कार्यकर्ताको कुटपिटबाट एमालेका विद्यार्थी नेता चेतन अयडीको मृत्यु भएको थियो।