दोलखा – विगत हरेक निर्वाचनमा आफ्नो मत दिन नपाएका दोलखा जिल्लाका हजारौ जनताले अबदेखि आफ्नो मताधिकार आफै प्रयोग गर्न पाउने भएका छन् । इतिहासका धेरै जसो निर्वाचनमा मत हाल्नबाट वञ्चित गरिदै आएका दोलखाका मतदाताले अब भने न्याय पाउने भएका हुन् ।
दोलखाका विशेष गरि प्रत्येक मतदाताले हरेक निर्वाचनमा यस्तै नियती भोग्नु परिरहेको थियो । यो पटको निर्वाचनमा बुथ कब्जाको बेथिति वैतेश्वर र तामाकोशी मात्र नभई शैलुङ, मेलुङ, गौरीशंकर र कालिन्चोकमा पनि देखापर्यो । निर्वाचन एक लोकतान्त्रिक अभ्यास हो । जनताले स्वच्छ वातावरणमा भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नैसर्गीक अधिकार हो । तर गुण्डागर्दी शैलीमा बुथ कब्जा हुँदा जनताले आफ्नो मत हाल्न पाएका थिएनन् । अब भने दोलखामा बुथ कब्जा गर्ने बेथिति सदाका लागि अन्त्य भएको छ ।
इमानको राजनीति गर्दै आउनु भएको बालकृष्ण शिवाकोटीले दोलखामा यो बेथितिलाई आंशिक भए पनि अन्त्य गरेरै छाड्नुभयो। निर्वाचनको क्रममा दोेलखाका दर्जनौ ठाउँमा बुथ कब्जा भइरहँदा शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी गर्नुभयो र कानूनी लडाई लड्नुभयो । निर्वाचन कार्यालयले सो उजुरीलाई निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले एक जाँचबुझ समिति गठन गर्यो । समितिले जिल्लाका दर्जनौ ठाउँमा बुथ कब्जा भए पनि चार मतदान केन्द्रका १० बुथको मात्र निर्वाचन गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाइयो । प्रतिवेदनको आधारमा आयोगले दोलखामा बुथ कब्जा भएको ठाउँमध्ये १० वटा बुथमा पुनः निर्वाचन गर्ने निर्णय गर्यो । जसअनुसार भोलि बिहीबार पुन मतदान हुँदैछ ।
यो निकै सराहनीय र स्वागतयोग्य कदम हो । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले जनता नै सर्वेसर्वा भएको बताउँदै निर्वाचन जित हार भन्दा पनि जनताले स्वतन्त्रपूर्वक आफ्नो मताअधिकार प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आउनु भएको थियो । आखिर न्यायको जित भएको छ भने दोलखामा बुथ कब्जा सदाका लागि अन्त्य भएको छ ।
जिल्लामा कतिपयले विगतमा अरु पार्टी र नेताले बुथ कब्जा गरेको र यो पटक आफूले गरेको जस्ता गलत कुरालाई प्रश्रय दिने कार्य गरे । तर बालकृष्ण शिवाकोटी जो पहिलो पटक निर्वाचनमा सहभागि हुँदै गर्दा आफू पनि गलत काम नगर्ने र अरुलाई गर्न नदिने स्पष्ट अडानमा अडिढ भइरहनु भयो जसले दोलखाली जनताको लामो समयदेखि खोसिदैं आएको मताअधिकार सुरक्षीत भएको छ ।
हरेक निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई मत हाल्न नपाएका वैतेश्वर र तामाकोसीबासीले शिवाकोटीको यो गुणलाई कदापी बिर्सनु हँदैन । शिवाकोटी जुन सुकै पार्टीको उम्मेदवार भए पनि जनताको अधिकार खोस्ने र बुथ कब्जा गर्ने गलत परिपाटीलाई अन्त्य गर्न सफल हुनु भएको छ । त्यसैले बुथ कब्जा गर्नेलाई निरुत्साहीत गर्न र बुथ कब्जा गर्न सहयोग गर्नेलाई परास्त गर्दै समृद्ध दोलखा निर्माणको लागि बालकृष्ण शिवाकोटीलाई सूर्यमा मतदान गर्नुपर्ने आवश्यक छ । तपाई जुनसुकै पार्टीमा आस्था राख्नुहोस तर यो बेथितिको विरुद्ध सघर्ष गर्ने र हाम्रो अधिकार सुनीश्चित गराएकोमा धन्यवाद स्वस्पप एक मत दिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ ।






प्रतिक्रिया