उदयपुर – नेकपा एमाले समानुपातिकतर्फ उदयपुरमा एमाले पहिलो दल बनेको छ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार गरी ६ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो ।
सत्तारुढ गठबन्धनसँग चुनावी मैदानमा होमिएको एमालेले प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नम्बर २ मा अम्बरबहादुर रायामाझीले मात्र प्रत्यक्षमा विजयको हासिल सफल हुनुभएको छ । बाँकी ५ वटा क्षेत्रमा लोकतान्त्रिक–वामगठबन्धन समूहले नै जित निकालेको छ ।
निर्वाचनको अन्तिम मतपरिणाम आउँदा जिल्लाभरबाट एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा ३७ हजार ६९९ मत पाएको छ । जसमा क्षेत्र नम्बर १ बाट २३ हजार ८३६ र क्षेत्र २ बाट १३ हजार ८६३ मत पाएको हो ।
प्रदेशसभातर्फ एमालेले ३९ हजार ७५४ मत प्राप्त गरेको छ । जसमा २५ हजार ७५ मत क्षेत्र नम्बर १ बाट र १४ हजार ६७९ मत क्षेत्र नम्बर २ बाट प्राप्त भएको हो । त्यसैगरी कांग्रेसले प्रतिनिधिसभातर्फ २९ हजार ९९४ मत प्राप्त गरेको छ । जसमा क्षेत्र नम्बर १ को १९ हजार ४७९ र क्षेत्र २ बाट १० हजार ५१५ मत प्राप्त भएको हो ।
कांग्रेसले प्रदेशसभामा ३० हजार १४५ मत प्राप्त गरेको छ । जसमा क्षेत्र १ बाट १९ हजार ५४७ र क्षेत्र २ बाट १० हजार ५९८ मत प्राप्त गरेको हो । एमाले र कांग्रेसपछि नेकपा माओवादी केन्द्रले तेस्रो स्थान पाएको छ । माओवादीले १७ हजार १४५ मत प्रतिनिधिसभामा प्राप्त गरेको छ ।
जसमा क्षेत्र १ बाट ९ हजार ७३९ र क्षेत्र २ बाट ७ हजार ४०६ मत प्राप्त गरेको हो । माओवादीले प्रदेशसभामा क्षेत्र १ बाट ८ हजार १७१ र क्षेत्र नम्बर २ बाट ७ हजार ३२६ मतसहित कुल १५ हजार ४९७ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभातर्फ चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी पुगेको छ । उक्त पार्टीले ११ हजार १४३ मत प्राप्त गरेको छ । त्यसैगरी पाँचौमा राप्रपा, छैठौंमा नेकपा एकीकृत समाजवादीले स्थान ओगटेका छन् ।
मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा कांग्रेसभन्दा एमालेको ७ हजार ७०५ मत बढी रहेको छ । त्यसैगरी प्रदेशतर्फ ९ हजार ६०९ मत एमालेको कांग्रेसभन्दा बढी छ ।






प्रतिक्रिया