अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको पुनः मतदानमा सुरक्षा व्यवस्था कडा, चार सय सुरक्षाकर्मी परिचालन

दोलखाको पुनः मतदानमा सुरक्षा व्यवस्था कडा, चार सय सुरक्षाकर्मी परिचालन


चरिकोट – दोलखामा बिहीबार हुन गइरहेको पुनः मतदानमा सुरक्षा व्यवस्था कडापारिएको छ । मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका बुथमा हुन गइरहेकोनिर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ गरिसकिएको प्रहरीले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न अपिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले पुनः मतदानमा चार सय सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। ’यसअघि बुथ कब्जा भएका ठाउँमा अब फेरि बुथ कब्जा हुँदैन, निर्धक्कका साथ मत हाल्न आउनुस् भनेर
विश्वस्त दिलाउन चाहन्छौ’, प्रहरीले भनेको छ ।

सबै सुरक्षाको तयारी पूरा भएको र सबै टोलीहरू खटिसकेको पनि प्रवक्ता सिग्देलले जानकारी गराउनुभयो । कानूनभन्दा बाहिर गएर कुनै गतिविधि भए तत्काल पक्राउ गरी कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पुनः मतदानमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको बताउनु भयो । उहाँले पुनः मतदान हुने क्षेत्र पुरै सिल गरिने पनि बताउनुभयो ।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न र डर त्रसरहित बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखिएको उहाँको भनाई छ ।

बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख बिहीबार पुनः मतदान हुँदै छ  ।