अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नेतृत्वमा सरकार गठनको पहल हुन्छ : युवराज ज्ञवाली

एमालेको नेतृत्वमा सरकार गठनको पहल हुन्छ : युवराज ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनु भएको छ ।

अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताउनु भएको हो ।

उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष वामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने धारणा राख्नु भयो ।

उहाँले माओवादी लगाएत अन्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिनुहुँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गर्नुभयो ।

नेता ज्ञवालीले विगतमा भएका तितामिठा कुरालाई बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गर्नुभयो ।

उपाध्यक्ष ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गर्नुभयो ।