अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

म संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताउनु भएको हो ।

महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मंसीर १५ गते शुक्रबार (भोली)सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताउनुभयो ।

महामन्त्री थापाले केही दिनभित्र नयाँ मन्त्रीपरिषद बन्ने समेत बताउनु भयो । उहाँले मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिनुभयो ।