काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार २७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार ९६४, जनमत पार्टीले तीन लाख ७६ हजार १९९, नेकपा एकीकृत समाजवादीले दुई लाख ९० हजार १९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नं १ मा एमालेले छ लाख २९ हजार ८८५, कांग्रेसले पाँच लाख २९ हजार ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९० हजार छ सय चार, माओवादी केन्द्रले एक लाख ७७ हजार दुई सय ६१ मत प्राप्त गरेको छ ।
मधेसमा कांग्रेसले तीन लाख ८६ हजार दुई सय ९३, एमालेले तीन लाख ४३ हजार सात सय २८, जनमत पार्टीले तीन लाख सात हजार तीन सय ५०, जसपा नेपालले दुई लाख ८७ हजार आठ सय ४६, माओवादी केन्द्रले एक लाख ७८ हजार नौ सय ३६, एकीकृत समाजवादीले एक लाख १२ हजार दुई सय ६४ र लोसपा नेपालले एक लाख १० हजार आठ सय ५२ मत प्राप्त गरेको छ ।
बागमतीमा एमालेले पाँच लाख ५४ हजार एक सय, कांग्रेसले चार लाख ६३ हजार एक सय ३८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय १५ र राप्रपाले दुई लाख ६६ हजार पाँच सय २४, गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६ र माओवादीले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार २९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।






प्रतिक्रिया