काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको बताउनुभएको छ ।
स्याङ्जा-२ र बाजुरामा पुनः मतदान गर्न एमालेले गरेको मागको वेवास्ता गरेर आयोगले सत्तापक्षको धाँधलीलाई वैधता दिएको भन्दै महासचिव पोखरेलले आपत्ति जनाउनुभएको हो । आयोगको निर्णयले गम्भीर चिन्ता बढाएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
महासचिव पोखरेलले लेख्नुभएको छ ( ुस्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नांगो धाँदलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।
एमालेले स्याङ्जा र बाजुरामा धाँधली भएको भन्दै पुनस् मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको थियो । तर आयोगले पुन मतदान अस्वीकार गर्दै ती क्षेत्रमा मतगणना सुरु गर्न निर्देशन दिएको छ । सोहीअनुसार स्याङ्जामा मतगणना सुरु भइसकेको छ । बाजुरामा भने अझै मतदान सुरु हुन सकेको छैन ।
धाँधली भएपछि मतगणना नै सुरु नभएको दोलखाका १० मतदान केन्द्रमा भने आज पुन: मतदान भइरहेको छ ।






प्रतिक्रिया