अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा मत गणना सुरु भएन,एमालेले सर्वदलीय बैठक बहिष्कार गर्यो

बाजुरामा मत गणना सुरु भएन,एमालेले सर्वदलीय बैठक बहिष्कार गर्यो


बाजुरा- निर्वाच्न आयोगले मतगणना गर्न निर्देशन दिए पनि बाजुरामा अझै मत गणना सुरु हुन सकेको छैन । मतगणना थाल्न आयोगको निर्देशन आएपछि हिजो साढे ४बजे जिल्ला निर्वाचन अधिकृत ढाकाराम पौडेलले सर्वदलीय बैठक बोलाउनु भएको थियो ।
सर्वदलीय बैठकबाट निकास दिएर मत गणना सुरु गर्ने तयारी भएपनि नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अहिले बिहान ७ः००बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै हिजोको बैठक सकिएको थियो । अहिलेको बैठकमा पनि एमाले उपस्थित छैन । आफूहरूको माग सम्बोधन नभए सम्म बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताउनुभयो ।

मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने उहाँले जानकारी दिनुभयो ।

चेतनका परिवारले २२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरु सबैलाई पक्राउ नगर्दा सम्म आफूहरूको माग सम्बोधन नहुने थापाले जानकारी दिनुभयो । घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दा पक्राउ परेका ११ जनालाई विना सर्त रिहाको माग समेत राखिएको छ ।

यी दुबै माग सम्बोधन गर्ने भन्दै ऐडीको शव उहाँका आफन्तले बुझेका छन् । त्यसपछि पनि उनीहरुको माग सम्बोधन नभएपछि सर्वदलीय बैठक बहिस्कार गरेको सचिव थापाको भनाइ छ ।