अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. शेखर कोइराला

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. शेखर कोइराला


विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ ।

विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयो ।

नेता डा. कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको छ भन्नुभयो ।