अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भयौ : बालकृष्ण शिवाकोटी

दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भयौ : बालकृष्ण शिवाकोटी


दोलखा- नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको छ।

आज वैतेश्वर र तामाकोशीका विभिन्न मतदान केन्द्रको अवलोकन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले पुनःनिर्वाचनमार्फत बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य भएको बताउनुभयो ।

हामीले दोलखाका आठ/दस ठाउँमा बुथ कब्जा भएको उजुरी दिएका थियौ, तर त्यसमध्ये चार ठाउँमा पुन:निर्वाचन हुँदा आंशिक भए पनि बुथ कब्जा गर्ने गलत प्रवृत्तिलाई अन्त्य गर्न सफल भएका छौ, यो दोलखाली जनताको लागि खुसीको कुरा हो, उम्मेदवार शिवाकोटीले भन्नुभयो ।

मतदान केन्द्रको अवलोकनको क्रममा उम्मेदवार शिवाकोटीलाई पुनःमतदानको वातावरण बनाएकोमा मतदाताले धन्यवाद समेत दिएका थिए । सो अवसरमा उम्मेदवार शिवाकोटी यो आफ्नो ब्यक्तीगत भन्दा जनताको जीत भएको बताउनुभयो ।

हर्षोल्लासका साथ दोलखामा पुनः मतदान हुनु खुसीको कुरा भएको बताउनुहुँदै शिवाकोटीले जनताले सहज ढंगले मतदान गर्न नपाएकै कारण आफूले सघर्ष गरेको स्पष्ट पार्नभयो ।

मंसिर ४ गतेको निर्वाचनमा यहाँ कसैलाई मत हाल्ने अवस्था थिएन । तर अहिले सबैले निर्धक्कका साथ मतदान गरिरहनुभएको छ, यो खालको वातावरण हुन सबैको लागि खुसीको कुरा हो, उहाँले भन्नुभयो । 

लोकतन्त्रको सुन्दर पक्ष नै स्वच्छ र निस्पक्ष निर्वाचन भएको बताउँदै उम्मेदवार शिवाकोटीले जनताले आफ्नो निर्णय आफै गर्न पाउनुपर्ने बताउनुभयो । लोकतन्त्रको जीत हार स्वभावीक प्रक्रिया भएको तर जनताको मत लुटेर जसरी पनि निर्वाचन जित्न खोज्नु अलोकतान्त्रिक कार्य भएको बताउनुभयो ।