अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीले पत्रकार महासङ्घको साधारण सभाको उद्घाटन गर्नुहुने

राष्ट्रपति भण्डारीले पत्रकार महासङ्घको साधारण सभाको उद्घाटन गर्नुहुने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उद्घाटन गर्नुहुने भएको छ ।

बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने महासंघको साधारण सभाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्नुहुने जानकारी दिएको हो ।

महासंघले साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ । बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको टोली साधारण सभाबारे जानकारी लिनका लागि सुर्खेत पुग्नुभएको छ ।

वीरेन्द्रनगरको सिटी हलमा हुने साधारण सभामा देशभरका ६०० पत्रकार सहभागी हुने छन् ।