झापा – झापा क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । झापाको पर्यटकीय क्षेत्र दोमुखामा निर्वाचित भएपछि आज पत्रकार भेटघाटका क्रममा साँवाले क्षेत्र नं मा विभिन्न कारणले रोकिएर रहेका विकास निर्माणका कामलाई पुरा गर्न निर्माण कम्पनीलाई खवरदारी गर्ने बताउनु भएको छ । ।
निर्माण कम्पनीले सडक, पुल जस्ता ठुला आयोजनाहरु समयमा काम नसक्दा नागरिकले सास्ती व्यहोर्नु परेको छ ।साँवाले भन्नुभयो निर्माण कम्पनीको बेइमानीले हामी निर्वाचित जनप्रतिनिधि समेत आलोचित बन्न पुगेका छौं । अब आजकै दिनबाट निर्माण कम्पनीले के कति कारणले काम रोकेका छन् । यसको खोजी सुरु हुन्छ ।
झापाको हुलाकी राजमार्गमा पर्ने कनकाई, विरिङ्ग नदीको निर्माणाधिन पुल लामो समयसम्म पनि निर्माण कार्य पुरा नहुँदा सडक सञ्चालनमा आएपनि पुलको कारण असहज बनेको छ । आगामी पाँच वर्ष भित्रमा सो पुलको निर्माण कार्य पुरा गर्ने सांसद साँवाले प्रतिबद्धता जनाउनुभएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा साँवाले भन्नुभयो -कुन नेताको कुन निर्माण कम्पनी नजिकको मान्छे हो भन्ने तिर होइन, जुनै निर्माण कम्पनी भएपनि पूर्वाधार विकास निर्माणको काम समयमै सक्नु पर्छ भन्ने हो ।
उहाँले जनताको आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका थुप्रै विषयहरु रहेको बताउनुभयो । सबै विषयहरुलाई प्राथमिकताका आधारमा पुरा गर्दै लगिने समेत जानकारी गराउनुभएको छ ।
निर्वाचनको दौरानमा एमालेको तर्फवाट उम्मेदवार भएर प्रतिष्पर्धा गरे पनि झापा क्षेत्र नं. ४ का जनताको प्रतिनिधि भएको हुँदा जनताको शिर उच्च राख्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले आफू निर्वाचित भएपछि कुनै दल वा क्षेत्रका आधारमा फरक व्यवहार नगर्ने भन्दै मतदाताहरुलाई धन्यवाद दिएका दिनु भएको छ । पत्रकार भेटघाटको अवसरमा पूर्व सांसद तारासम याङया, शिवसताक्षी नगर प्रमुख रोशन थोप्रा लगायतको उपस्थिती रहेको थियो ।






प्रतिक्रिया